काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकतासम्बन्धी विवाद सकिएको छैन । केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट निर्णय गर्ने प्रक्रिय विरूद्ध जनता समाजवादी पार्टीको अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा आज भइरहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको जानकारी दिइएको छ । सर्वोच्चले शुक्रबारका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा पेसी तोकेको हो ।

जसपाको आधिकारीकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट निर्णय गर्ने प्रक्रिय अघि बढाएपछि उक्त प्रक्रिया रोक्न माग गर्दै ठाकुरले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिक आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो ।

यसबीचमा निर्वाचन आयोगले जनताको आधिकारिकता उपेन्द्र यादवल पक्षलाई दिइसकेको छ । आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको बहुमतका आधारमा पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको हो ।

सम्बन्धित खबरहरु