काठमाडौं । नेपालमा लोपोन्मुख प्रजाति मानिने हिमचितुवाले उत्तरी गोरखामा भयावह मच्चाएको छ । त्यहाँको चुम्चेतमा डेढ दर्जन खच्चड र घोडा सिध्याएको जनाइएको छ ।

चुमनुब्री गाउँपालिका–६ चुम्चेत गाउँको लेकमा चर्नका लागि छाडिएका १६ वटा खच्चड र एउटा घोँडा हिमचितुवाले खाएको वडाअध्यक्ष लोप्साङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार दुईदिनअघि बुझिमा लामा, आङ्दी लामा र चित्रबहादुर गुरुङका १६ वटा खच्च्ड र एउटा घोडा चितुवाले खाएको हो ।

बाढी पहिरोले बाटो अवरुद्ध भएपछि काम नभएका घोडा खच्चडलाई लेकतिर लगेर चर्न छाडेका रहेछन् । त्यसपछि हिमचितुवाले भुसुक्कै खाएको उहाँले बताउनुभयो । हिमचितुवाले अलग अलग भेट्यो भने मारेर मासुसमेत खाने, समूहमा भेट्यो भने मारेर रगत चुस्दै छाड्ने गरेको छ ।

हिमचितुवाले मारेको घरपालुवा पशु चौपायाको राहत पाउने नपाउने बारे जानकारी नभएको पनि उहाँले उल्लेख गर्नुभयो । संरक्षणको उच्च प्राथमिकतामा रहेको हिमचितुवा उत्तरी गोरखाका विभिन्न जंगलमा बासस्थान रहेको बताइन्छ ।

सम्बन्धित खबरहरु