काठमाडौं । लामो समयदेखि मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) को विरोध गर्दै आउनु भएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सम्झौता संसदमा पेश गर्न माग गर्नुभएको छ । उहाँले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन प्रतिनिधिसभामा पेश गर्न माग गर्नुभएको हो ।

शुक्रबार (आज) बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले यस्तो बताउनु भएको हो । उहाँले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको जनाउनुभयो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलमा रहेका एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको पनि उहाँले जानकारी दिनुभया । नेता रावलले मूल सम्झौतासँगै भएका सबै सम्झौता संसदमा पेश गरियोस् भन्नुभयो ।

उपाध्यक्ष रावलले सम्झौतमा भएका स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई यदि सम्झौता गरिए राष्ट्रघात हुने स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु