काठडमाडौं । जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् ।

लुम्बिनी प्रदेशसभाका तीन जना सांसद पदमुक्त हुनु भएको हो ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिनु भएको छ ।

सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरिरहेको प्रदेश सरकारमा मन्त्री हुनुहुन्छ ।

जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त हुनु भएको थियो ।

तर सर्वोच्च अदालतले ३ जेठमा आफ्ने पक्षमा आदेश दिएपछि उहाँहरु पुनः प्रदेशसभामा फर्किनु भएको थियो ।

१८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लाग्नुभयो । तीन जना महन्थ ठाकुर पक्षमा खुल्नु भएको थियो ।

११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएलगतै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबरहरु