काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा दायर रिटको सुनुवाइ आइतबार हुने भएको छ । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचनको निर्णय बदर गर्न माग गर्दै ठाकुरले बिहीबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो । यसअघि साउन ८ गते ठाकुरले ‘हेड काउण्ट’ रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

तर, उक्त रिटमा सर्वोच्चले अन्तरिक आदेश जारी नगरेपछि निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता ‘हेड काउन्ट’ पछि बहुमतको आधारमा दिएको थियो । त्यहि निर्णयविरुद्ध महन्थ ठाकुरले बिहीबार सर्वोच्चमा रिट दायर गराउनुभएको हो । उक्त रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

सम्बन्धित खबरहरु