काठमाडौ । नेपाल प्रहरीलाई अपराध न्यूनिकरणमा अर्को ठूलो सफलता प्राप्त भएको छ ।

बहुचर्चित ३३ किलो सुन काण्डमा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन् ।

३३ किलो सुन काण्डका फरार प्रतिवादी काठमाडौमा पक्राउ परेका हुन्।

प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।

हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने।

उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान अघि बढाइने सिंहले बताए।

२०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो।

यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको नै मृ'त्यु ग'रा'एपछि घटना रहस्यमय बनेको थियो । सुन कहाँ छ भन्ने अझै पत्ता लागेको छैन ।

 

सम्बन्धित खबरहरु