काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षाफल प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७७ माघ ५ गतेदेखि मिति २०७७ माघ १५ गतेसम्म सञ्चालन भएको ब्याचलर अफ इन्फरमेशन म्यानेजम्यान्ट (बीआइएम) कार्यक्रमको पाँचौ शत्र नियमित परीक्षा २०२० को परीक्षाफल व्यवस्थापन संकायको परीक्षा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको छ ।’

साथै त्रिविले उक्त परीक्षाफलको प्राप्तांक चित्त नबुझेमा परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन समेत अनुरोध गरेको छ ।

सकेसम्म त्रुटिरहित नतिजा प्रकाशित गरिएको बताउँदै त्रिविले भुलवश गल्ती देखिन आए कार्यालयको मुल अभिलेख अनुसार सच्याइने समेत जानकारी दिएको छ । परीक्षामा उत्तीर्ण भएकाहरूको रोल नम्बर तल राखिएको छ ।

सम्बन्धित खबरहरु