काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण महाशाखाले जरुरी सूचना जारी गरेको हो ।

परीक्षा सम्बन्धी सूचना प्रकाशित गरिएको छ । सूचना जारी गर्दै भनिएको छ, ‘यस संकाय अन्तर्गत सञ्चालित टिचर प्रिपरेशन कोर्स (टीपीसी) कार्यक्रमको परीक्षा निम्नलिखित तालिकाअनुसार सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

परीक्षाकेन्द्र बंगलामुखी क्याम्पस, ललितपुर तोकिएको छ । बाँकी सूचना तल हेर्न सक्नुहुन्छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिवि शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण महाशाखाले जरुरी सूचना प्रकाशित गरेको हो ।

बि.एड तहको परीक्षा सम्बन्धी सूचना प्रकाशित गरिएको छ । सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘यस संकाय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित बि.एड तह (आर्इ.सि.टि.ई र एस.एन.ई) दोश्रो र सातौँ सेमेस्टरको २०७८ सालमा हुने (नियमित तथा आंशिक) परीक्षार्थीहरुको अनलाइन मौखिक परीक्षा निम्नलिखित तालिकाअनुसार सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

त्रिविका अनुसार परीक्षा समय सम्बन्धित क्याम्पसले निर्धारण गर्नेछ । त्रिविका अनुसार सम्बन्धित क्याम्पस ले १५ जना विद्यार्थीको समूह नबढ्ने गरी एक दिनमा बढीमा दुई समूहको समय निर्धारण गर्न सक्नेछन् ।

सम्बन्धित खबरहरु