जनबोली धार्मिक ब्यूरो । धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन ।

यस्तै प्रकारले साँझको समय, जब सूर्यास्त हुन्छ। त्यतिबेला पनि केही काम नगर्न मनु संहिताले मनाही गरेको छ।

मनु संहितामा यस्तो भनिएको छ कि सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने उनले धन नोक्सानीको असर भोग्नु पर्नेछ ।

साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन्।

मनु संहिताले विशेष गरेर यी चार कामलाई साँझपख नगर्न भनेका छन् । जुन यस प्रकार छन्

भोजन गर्नु मनु संहितामा लेखिएको छ, चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् । आहार मै’थु’नं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।।

अर्थात् सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ। यस श्लोकको अन्त्यमा अन्य तीन काम पनि बताइको छ । यस्ता काम पनि सन्ध्याकालमा गर्नु हुँदैन।

स’ह’वा’स ग’र्नु : मनु संहिताको यो श्लोककमा उल्लेख गरिएको छ कि साँझको समयमा कुनै पनि पु’रुष’ले ‘स्त्री’सँ’ग स’ह’वा’स ग’र्नु (शा’रीरि’क स’म्प”र्क) ग’र्नु हुँ’दै’न।

साँझपख सुत्नु : मनु संहिताका अनुसार सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।

अध्ययन गर्नु : मनु संहिताको यो श्लोकमा साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ ।

सम्बन्धित खबरहरु