काठमाडौ । पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दु'र्व्यव'हार ग'रेका छन् ।

महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दु'र्व्यव'हार ग'रेका हुन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकका थिए ।

मापसे समेत गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि खनिएको सिंहले बताए ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ ।

प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग बादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।

तनाव घट्ने स्थिति देखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको सुनिन्छ ।

एक ट्राफिक प्रहरीले सेटमा भनेका छन्, ‘पारस शाह मापसे गरेर एकदम लफडा गरिरहेको छ, गाडी तुरुन्त पठाउनु त ।’

कतिपय सर्वसाधारणले ‘आम जनता थियो भने प्रहरीले अघि नै गाडीमा हालेर लगिसक्ने बताउँदै’ प्रहरीप्रति पनि आक्रोश व्यक्त गरेका थिए । केहिबेरमा शाहको समर्थकले पनि उनको पक्षमा नारा लगाएको सुनिन्छ ।

‘पछि सम्झाइबुझाइ गरेर हेल्मेट लगाउन लगाएर पठायौं’ एसएसपी सिंहले बताएका छन् ।

पूर्वयुवराज शाह पटकपटक उछृंखल गतिविधि गरेर चर्चामा आइरहन्छन् । २०७१ सालमा उनी थाइल्याण्डमा प्रतिबन्धित बस्तुसहित पक्राउ परेका थिए भने गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक प्रहरीलाई धकेलेको भिडियो भाइरल भएको थियो ।

https://youtu.be/D_LBN4lBHZc

सम्बन्धित खबरहरु