काठमाडौं । ट्राफिक प्रहरीले हेल्मेट नलगाएका पूर्वयुवराज पारस शाहको मोटरसाइकल रोकेको छ ।

हेल्मेट बिना नै मोटरसाइकलमा सवार पूर्वयुवराज शाहलाई काठमाडौको नारायण गोपाल चोकमा ट्राफिक प्रहरीले समातेको हो ।

शुक्रबार साँझ साढे ७ बजेको समयमा बिना हेल्मेट मोटरसाइकल कुदाइरहेका उनलाई प्रहरीले समातेपछि केही समय त्यहाको स्थिति तनावग्रस्त देखिएको थियो ।

पूर्वयुवराज शाह र प्रहरीबीच भएको विवादको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देखिए अनुसार ट्राफिक नियम मिचेका शाहले उल्टै प्रहरीलाई थर्काइ रहेका छन् ।

अर्कोतिर उनलाई समातेका प्रहरीले भने उच्च अधिकारीलाई रिपोर्ट गरिरहेका छन् ।

भाइरल भिडियोमा त्यहाँ भएका आम मानिसहरुले सामान्य व्यक्तिले कानुन मिचेको भए प्रहरीले नियन्त्रणमा लिने भन्दै विरोध गरिरहेका छन् । भिडियोमा पारस आफूले कहिले पनि हेल्मेट लगाउने नगरेको बताउँछन् ।

केही समयपछि ती प्रहरीलाई माथीबाट ‘छोडनु’ भन्ने आदेश आएपछि शाह फेरि बिना हेल्मेटनै मोटरसाइकलमा त्यहाँबाट जान्छन् ।

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै चौतर्फी विरोध गर्न थालिएको छ । मानिसहरुले ड्युटीमा खटिने प्रहरी कर्मचारीको मनोबलमा के असर पर्छ भनेर प्रश्न समेत गरेका छन् ।

उनीहरुले सर्वसाधारण मानिसलाई प्रहरीले छोड्थ्यो भनेर प्रश्न गरेका छन् ।

उनको मापसेले खुट्टै टेक्न नसक्ने अवस्थामा रहेको त्यहाँ खटिएका एक प्रहरीले बताएर । उनले भने तर के गर्ने माथीको आदेश आयो । भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=D_LBN4lBHZc

सम्बन्धित खबरहरु