काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटि बैठक बोलाइएको छ । दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको हो । पार्टी मुख्य सचिव शेरवहादुर तामाङका अनुसार बैठक तुलसीलाल स्मृति भवन च्यासलमा बस्नेछ । आजको बैठकले पार्टीको केन्द्रीय विभागहरुलाई पूर्णता दिने तयारी गरेको छ ।

तामाङका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीको विषयमा पनि छलफल हुनेछ । यसअघि नै विधान महाधिवेशन गर्ने पार्टीले निर्णय गरिसकेको छ । अर्कोतिर बैठकमा पार्टी सदस्यता र नविकरणको तथा वितरणको विषयमा पनि छलफल गर्ने बताइएको छ । पार्टी एकताका विषयमा पनि आज चर्चा हुने बताइएको छ ।

आन्तिरक विवादको शिकार बनिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भित्र सहमति खोज्ने प्रयास जारी छ । वरिष्ठ नेता माधवकुमार नेपाललाई सहमतिमा ल्याउन अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ । अध्यक्ष ओलीले शनिबारसम्म सहमतिको प्रयास गर्न आफू पक्षका नेताहरुलाई निर्देशन दिनु भएको छ ।

सम्बन्धित खबरहरु