काठमाडौ । विश्व समुदाय कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त बनेको छ ।

अधिकांशका कमाईका स्रोतहरु खुम्चिएका छन् । अर्थतन्त्र तहसनहस छ । यस्तो अवस्थामापनि विद्यालय तथा क्याम्पसहरुले लुट्न छोडेका छैनन् ।

हामीले ललितपुरको प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा सञ्चालक रहेको युलेन्स स्कुलमा प्रि–नर्ससरी कक्षा कै शुल्क २६ हजार भन्ने शीर्षकमा तथ्य सहित खबर प्रकाशन गरिसकेका छौँ । योपनि कम हो ।

काठमाडौ, ललितपुर र भक्तपुरमा रहेका अन्य केही स्कुलहरुको शुल्क सुन्दामात्र सामान्य कमाई भएका नेपालीको होस उड्न सक्छ । यही क्रममा देशभरी नै शिक्षामा चर्को शुल्क छ ।

प्रि–नर्सरीमा त २६ हजार छ भने विज्ञान विषयमा स्नातकोत्तर तहको अध्ययन गर्नुपर्यो भने कति शुल्क होला ? अहिले कल्पना मात्र गर्नुहोस् आवश्यक पर्दा हामी काठमाडौका अरु क्याम्पस तथा स्कुलहरुले लिने शुल्कहरुको बारेमापनि लेख्दै जानेछौ ।

तर अहिले हामी यहाँ तपाईहरुलाई विकल्पको कुरा उल्लेख गर्न खोज्दैछौ । शिक्षामा असमान शुल्क लिएर असमान समाज बनाउँनेहरुका लागि साथै शिक्षालाई व्यपार ठानेर अपार कमाउन हज्जारौ लुट्नेहरुको भीडमा यो विसम परिस्थितीमा एक मात्र विकल्प हो समता स्कुल ।

एक सय रुपैयाँ कत्तिका लागि हातको मयल होला । कत्तिका लागि त्यति जुटाउन धौ–धौ पनि हुनसक्छ । एकसय रुपैयाँ भयो भने तपाईं के गर्न सक्नुहुन्छ ? तर अब भने धेरैलाई थाहा छ समता स्कुलमा कक्षा एकदेखि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीलाई महिना दिनको शुल्क १ सय रुपैयाँ मात्र बुझाए पुग्छ ।

थाहा थिएन भने अब थाहा पाउनुहोस् । तपाई जस्तै थाहा नहुनेसम्म पुर्याउन सक्दो सेयर गर्नुहोस् । चर्को शुल्क लिनेहरुलाई कारबाही भनेको नै आधुनिक युगमा उनीहरुको स्कुलमा नगईदिने आधुनिक कारबाही हो ।

समतामा अध्ययनरत विद्यार्थीले मात्र मासिक एक सय रुपैयाँमा पढ्न पाउँछन् । यो स्कुल नेपालका ७७ जिल्लासँगै श्रीलंका, बंगलादेश, भारत र बर्मामा समेत सञ्चालनमा छन् ।

बरिष्ठ कलाकार हरिबंश आचार्य भन्नुहुन्छ अभिभावकले सोचेभन्दा र अरु उच्च दरमा शुल्क लिइरहेका स्कुल, क्याम्पसले दावी गरेभन्दा राम्रो पढाईपनि समतामा नै हुन्छ ।

अनि ‘निम्नआयस्तर भएकाको छोराछोरीले मात्र किन समता रोज्ने । शिक्षामा क्रान्ति ल्याउने हो भने सबैले आफ्ना छोराछोरी समतामा पठाउनुहोस् । समता स्कुलका संयोजक सुशील अधिकारीले सुनाए, पहिले त ‘निम्नआयस्तर भएका अभिभावकका छोराछोरी मात्र आउनुहुन्थ्यो ‘केही समययता सबै खालका विद्यार्थी पढ्न आउँछन् ।

तर पनि सम्पन्नका छोराछोरी भने अझै आउँदैनन् । प्रतिष्ठाका लागि पनि सम्पन्नले समतामा पढाउँदैनन् । मेरा छोराछोरी समतामा पढ्छन् भनेर गौरव गर्दैनन् । उनीहरुले कमाएको अकुत सम्पत्ति थन्क्याउने थलो मात्र बनेको छ विद्यालय र कलेज ।

समता स्कुलमा अध्ययन गर्ने विद्यार्थी सालिन्दा बढिरहेका छन् । ‘अभिभावकलाई धन्यवाद दिन्छु,’ संयोजक अधिकारीले गौरव गरे, ‘अभिभावकले हामीलाई विश्वास गरेर विद्यार्थी पठाउन थाल्नुभएको छ यसले हामीलाई झनै हौसला मिलेको छ ।

समता स्कुल तथा कलेज बाँसबाट कलात्मक रुपमा बनेको हुन्छ । यो देशका ७७ वटै जिल्लामा स्थापना भइरहेको छ ।

यहाँ कक्षा १ देखि स्नातकोत्तर तह सम्म नै पढाई हुन्छ । अत्यन्तै महंगो मानिएका साइन्स, म्यानेजमेण्ट, ल तथा मानविकी अन्र्तगतका विभिन्न विषयहरु यहाँ अध्ययन हुन्छ । रोचक कुरा त के छ भने यहाँ कक्षा १ देखि स्नातकोत्तर तहसम्म सबैको समान मासिक शुल्क मात्र एक सय रुपैयाँ छ । मात्र १२ सय रुपैया तिरे बर्षभरी पढ्न पाइन्छ ।

यो बर्ष समताले निःशुल्क पढ्ने अवसर दिएको छ । देश भर छरिएर रहेका विद्यार्थीहरू आर्थिक अवस्थाका कारण विज्ञान विषय पढ्नबाट वञ्चित हुनुहुन्छ भने “ए” र “ए प्लस” ल्याउनुभएका विद्यार्थीहरूको ग्रेडसिटका आधारमा र उक्त ग्रेड भन्दा कम ल्याउनुहुने विद्यार्थीहरुलाई परीक्षा र अन्तरवार्ताको आधारमा समताले निःशुल्क पढाउदैछ ।

अन्य विषय ब्यवस्थापन, कानून, मानविकीमा पनि स्थिती हेरेर लागू हुन सक्नेछ समताले सूचना निकाले जानकारी गराएको छ ।
थप जानकारीका लागि :
Principal

  • SAMATA SCHOOL & COLLEGE
  • Boudha- Kathmandu
  • SCIENCE, MANAGEMENT, LAW & HUMANITIES
  • 01-4489954

आर्थिक अवस्थाका कारण कोही पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस्।(हजुरहरूलाई यो आवश्यकता नहुन सक्छ कृपया शेयर गरिदिएर आवश्कता हुनेहरु समक्ष पु-याइदिन मद्धत गर्नुहोस् है।) धन्यवाद !!! – Samata School & College Kathmandu

सम्बन्धित खबरहरु