काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अब एमालेमा कुनै गुट नरहेको उद्घोष गर्नुभएको छ ।

नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरूबीचको आजको छलफलपछि नेम्वाङले यस्तो उद्घोष गर्नुभएको हो ।

‘हामीलेबीच निक्कै गम्भीर ढंगबाट छलफल भएको छ, अब एमालेमा कुनै पक्ष रहेन,’ बिघटित कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेतृत्वकर्ता संसदीय दलका उपनेता नेम्वाङले बैठकपछि बाहिरिने क्रममा भन्नुभयो ।

यद्यपी आजको कार्यदलका सदस्यहरुको बैठक कुनै ठोस निश्कर्षबिना नै सकिएको छ ।

झण्डै साढे दुई घण्टाको छलफलपछि निस्केका कार्यदल सदस्यहरुले ठोस निष्कर्ष पत्रकारलाई दिनुभएन । तर विवाद सबै मिलेको घोषणा गर्नुभयो ।

उपनेता नेम्वाङले आफूहरु निरन्तर छलफलमा लागिरहेको भन्दै कुनै पक्ष नरहेको घोषणा गरेर हिड्नुभयो ।

एमाले सचिव गोकर्ण विष्टले पनि आफूहरु कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको जानकारी दिनुभयो ।

‘पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्‍यौं,’ बिष्टले भन्नुभयो ।

उहाँका अनुसार आजको छलफलमा ‘१० बुँदे सहमति र दुई वटा अध्यक्षको प्रसँगलाई मुख्य आधार बनाएर छलफल गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो अब हामीले निकालेको निश्कर्ष नै अन्तिम हुनेमा हामी एकिन भयौँ ।

अब एमालेमा कुनै गुट छैन भन्ने उद्घोष गरेर बैठकमा सहभागी सबै र बाहिर रहेका साथीहरु एकसाथ अघि बढ्ने आउने एमाले हुने जाने कुनै दलका हुनसक्छन् ।

तर अब एमाले यो पक्ष र त्यो पक्ष भनेर जाँदैन एक नेताले स्पष्ट पार्नुभयो । आजका दिनदेखि सबै समूह र गुटहरु सकिए । अब एमाले अघि बढ्यो उहाँले भन्नुभएको थियो ।

सम्बन्धित खबरहरु