काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई अन्य केहि देशहरुसँग तुलना गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गर्नुभएको हो ।

प्रधानमन्त्री मोदीले सरदार वल्लभभाई पटेल राष्ट्रिय प्रहरी प्रतिष्ठानमा आईपीएस परिक्षणकर्ताहरुलाई सम्बोधन गर्दै यस्तो कुरा भन्नु भएको हो ।

सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘साथिहरु, यहाँ हाम्रो छिमेकी मुलुकका युवा अधिकारीहरु हुनुहुन्छ, उनीहरुलाई पनि म धेरै धेरै शुभकामना दिन चाहान्छु ।

भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ ।

हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’

मोदीले अगाडि थप्दै भन्नुभयो, ‘कोरोना कालमा पनि हामीले यो अनुभव गर्यौ ।

त्यसकारण आउँदा वर्षहरुमा हुने विकासमा पनि हाम्रो साझेदारी बढ्ने निश्चित छ । विशेष रूपमा आज अपराध र अपराधि सीमा भन्दा पर छन्, यस्तो अवस्थामा आपसि समझदारी धेरै आवश्यक छ ।’

सम्बन्धित खबरहरु