काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालजस्ता नेताहरुका लागि पार्टीमा कुनै ठाउँ नभएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिने माधवकुमार नेपाल र उनी जस्ता नेताका लागि पार्टीमा ठाउँ छैन भन्नुभयो ।

‘अब माधव नेपालजस्ता आन्दोलनविरोधीहरुलाई कुनै ठाउँ छैन, जसले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउने, दक्षिणपन्थीको सरकारलाई फ्लोर क्रस गरेर भोट हाल्ने’ उहाँ निरन्तर नेता नेपालमाथी खनिनुभयो ।

आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर ढाल्ने । त्यस्ताका लागि ठाउँ छैन उहाँले भन्नुभयो ।

पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको भन्दै ओलीले ‘मुख्य मुख्य अपराधी’ बाहेक अरु भने पार्टीमा फर्किन सक्ने आशा व्यक्त गर्नुभयो । ‘अरु साथीहलाई मौका दिन्छौं ।

आउनुस् यो पार्टी हामी सबैले बनाएका हौं । गल्ती भइहाले पनि त्यसलाई सच्याउँछौं’ तर माधव नेपाललाई चै अब ठाउँ छैन उहाँले भन्नुभएको थियो ।

उहाँले अब पार्टी एकताका नाममा धेरै कुर्न नसकिने बताउनुभयो ।

‘धेरै चिन्ता गरिरहनुपर्ने छैन, जो आउँदैनन् आँदैनन्, केही साथीहरुसँग कुरा भइरहेको छ’ उहाँहरु आउन सक्नुहुन्छ ।

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गर्नुभयो । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उहाँको दावी थियो ।

सम्बन्धित खबरहरु