काठमाडौं । भारतका विभिन्न राज्यहरुमा पछिल्ला दिनहरुमा सडक खाल्डा पर्ने दृश्यहरु निरन्तर देखा पर्ने गरेका छन् ।

केहि समय पहिले भारतको महाराष्ट्र राज्यको मुम्बईमा एक कार अचानक जमिनमा भासिकएको थियो ।

त्यसको केहि समयपछि भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा एउटा कार बीच सडकमा भासिएको थियो ।

अहिले फेरि दिल्लीबाट नै केहि तस्विरहरु बाहिर आएका छन् । दिल्लीको हौज खास क्षेत्रमा बीच सडकमा अचानक खाडल देखा परेको हो ।

त्यसपछि अधचीनीदेखि आईआईटी जाने सडक सञ्जाल बन्द भयो । जानकारी अनुसार अहिले अधचीनीदेखि कटवारियातर्फ फर्काएको छ ।

वर्षायाममा यसरी सडक भासिएपछि मानिसहरु डराएका छन् । यो किन र कसरी भइरहेको छ भन्ने कुरा पनि मानिसहरु पत्ता लगाउन सकिरहेका छैनन् ।

सम्बन्धित खबरहरु