काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई साउदी अरबले विशेष निम्तो दिएको छ ।

साउदीले शुक्रबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई अक्टोबरमा हुन लागेको ‘मध्यपूर्व जलवायु शिखर सम्मेलन’ मा भाग लिन निम्तो दिएको हो ।

पाकिस्तानी अखबार द डनका अनुसार साउदी राजदूत नवाफ बिन सईद अहमद अल मल्किआहले प्रधानमन्त्री कार्यालयलाई यो निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन्, जुन इमरान खानको तर्फबाट स्वीकार गरिएको छ ।

साउदी अरब सरकारले यस बर्षको शुरुमा ‘साउदी ग्रीन’ नामक एउटा अभियान सुरु गरेको छ, जसको उद्देश्य कार्बन उत्सर्जन घटाउनु रहेको छ ।

यस अन्तर्गत साउदी अरबयामा १० अर्ब रूख रोप्ने योजना तयार छ । साउदी अरबले मध्य पूर्व क्षेत्रको लागि एक व्यापक अभियान ‘मध्य पूर्व हरियो’ शुरू गरेको छ ।

यसको उद्देश्य सुद्ध हाइड्रोकार्बन प्रविधिको प्रयोग गरी ६० प्रतिशत कार्बन उत्सर्जन घटाउनु हो । यस संगै ५० अर्ब रुख यस क्षेत्रमा रोप्नु पर्ने हुन्छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी युवराज मोहम्मद बिन सलमानलाई पत्र लेखेर अभियानको स्वागत गरेका थिए ।

 

सम्बन्धित खबरहरु