काठमाडौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ ।

आज बसेको संसदीय दलको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाका अनुसार आजको बैठकमा २१ जना सांसद उपस्थित हुनुहुन्थ्यो ।

जनता समाजवादी पार्टी, नेपाल, जसपा नेपाल (जसपाा नेपाल) भर्खरै गठन राजनीतिक पार्टी हो ।

विभिन्न प्रमुख मधेस आधारित दलको एकिकरण भएर यो पार्टी बनेको थियो।

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको समाजवादी पार्टी, नेपाल, र महन्थ ठाकुर, राजेन्द्र महतो, सरदसिंह भण्डारी, अनिल कुमार झा, महेन्द्र राय यादव र राजकिशोर यादव लगायतको नेतृत्वका विभिन्न पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भएर यो दल बनेको थियो ।

यसले समाजवादी पार्टी, नेपालको झण्डा र राष्ट्रिय जनता पार्टी नेपालको चुनाव चिन्ह प्रयोग गरेको छ ।

यो दलबाट प्रतिनिधि सभामा ३५ जना र राष्ट्रीय सभामा ३ जनाको सहभागीता रहेको छ । २१ जना सांसद यो दलमा रहेपछि अब १४ जना सांसद फरक दलको रुपमा प्रतिनिधित्व गर्नेछन् ।

निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई यो पार्टीको आधिकारिकता दिँदै अर्को महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई अर्को दल दर्ता गर्न भनेको छ । अब १४ सांसद अर्को दलमा रहनेछन् ।

यसअघि वरिष्ठ नेता राजेन्द्र महतो यो दलको संसदीय दलको नेता चयन हुनुहुन्थ्यो ।

निर्वाचन आयोगले जसपामा नरहने सांसदहरुको पद के हुन्छ भन्ने बारे बोलेको छैन । तर राजनीतिक दलसम्बन्धि ऐनले दलसम्बन्धि विवाद निरोपण भएपछि अर्को समूहमा ४० प्रतिशत सांसद रहेमा अर्को दलको मान्यता पाउने उल्लेख छ । यस्तो अवस्थामा उनीहरुको पद सुरक्षित हुनेछ ।

सम्बन्धित खबरहरु