काठमाडौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्केर नआउने बताउनुभएको छ ।

आज (शनिबार) काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना साटेर ल्याएको संविधानलाई नकुल्चिन पनि चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो ‘जनता नै सच्चा हिरो हुन् । उनीहरू नै परिवर्तनका संवाहक हुन् । राजतन्त्रलाई ढालेका छन् ।

राजतन्त्र फेरि फर्केर आउने छैन । फेरि ल्याउने कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिनेछन् ।

देशको हितमा रगत पसिना बगाएर ल्याएको संविधान हो । कसैले कुल्चिने प्रयास गर्छ भने त्यसलाई स्वीकार गरिने छैन’ ।

उहाँले बलको घमण्ड नगर्न युवाहरुलाई अपिल गर्नुभएको छ । तपाईहरु बलशाली हुनुहुन्छ तर घमण्ड नगर्नुहोस् ।

अहिले नै देखाईहाल्ने नभन्नुहोस् समय आएको बेला युवा शक्तिको खाचो परेका बेलाको खण्डमा अखिल फोर्स बनाएको स्मरण गराउँनुभयो ।

सम्बन्धित खबरहरु