काठमाडौं । साउदी अबर जाँदै गरेको विमान आकस्मिक अवतरण भएको छ ।

भारत, केरेला राज्यको तिरुवनन्तपुरमबाट साउदी अरेबिया जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमान अवतरण गरिएको हो ।

सिसा फुटेको देखिएपछि आकस्मिक अवतरण गर्नुपरेको विमानस्थलका एक अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार उडानको समयमा सिसामा फुटेको भेटिएको थियो । त्यसपछि विमान अवतरण गरिएको थियो ।

ति अधिकारीले विमान तिरुवनन्तपुरमबाट बिहान स्थानीय समय अनुसार ७ः५२ बजे उडेको जानकारी दिएका छन् । विमान उडेको एक घन्टा भन्दा कम समय पछि, पाइलटले विमानको विन्डशील्डमा फुटेको देखे, त्यसपछि उनले बिहान ८ः३० बजे विमानको आपतकालीन अवतरणको लागि तिरुवनन्तपुरम फर्किनु पर्यो ।

तर, कोरोना प्रतिबन्धका कारण विमानमा कोही यात्रु थिएनन् र विमानमा कार्गो र आठ जना चालक दलका सदस्य मात्र थिए ।

तिरुवनन्तपुरम विमानस्थलका निर्देशक सीवी रवीन्द्रनले सबै जना सुरक्षित भएको जानकारी दिएका छन् ।

विमान उड्नु भन्दा पहिले सिसाको झ्याल फटेको कुरा जानकारी नभएको भए विमानले उडान नै नभर्ने उनको तर्क रहेको छ । विन्डशील्डमा फुट टेक अफ वा क्रूजिङ्गको समयमा आएको हुनसक्ने अनुमान गरिएको छ ।

उनले सो उडान वन्दे भारत मिशन अन्तर्गत साउदीमा रहेका भारतीय यात्रुहरु ल्याउनका लागि जान लागेको पनि उल्लेख गरेका छन् ।

 

सम्बन्धित खबरहरु