काठमाडौ । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।

यी कमिटी बैठक बारम्बार स्थगित हुँदै आएको छ । विघटित पार्टी एकता कार्यदलको बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो ।

एकताका लागि अझै प्रयास गर्ने समय माग भएपछि बैठक स्थगित भएको छ ।

कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो ।

कार्यदलको बैठकपनि भोलि बस्नेगरी कुनै निश्कर्ष नै ननिकालि आज स्थगित भएको थियो ।

आज १० बुँदे सहमति र पार्टीमा दुई अध्यक्ष बनाएर अघि जाने विषयमा छलफल केन्द्रीत छ । यो बिन्दुमा सहमति हुने नेताहरुको विश्वास छ ।

सम्बन्धित खबरहरु