काठमाडौ । काठमाडौको बबरमहलमा एक युवकले प्रहरीलाई सोधे महामारीमा माधवको यो के को तमासा हो ?

‘युथफोर्स’लाई काउन्टर दिँदै ‘अखिल फोर्स’ को शक्ति प्रशर्दन रे प्रहरीको जवाफ थियो ।

नेकपा एमाले एकताको प्रयास भइरहेको बेला युवादस्ताहरु शक्ति प्रदर्शनमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केही समययता शक्ति प्रदर्शन गर्दै आएका छन् ।

केही दिन अघिमात्र अध्यक्ष केपी शर्मा ओली निकट ‘युथफोर्स’ले काठमाडौंमा शक्ति प्रशर्दन गरेको थियो ।

त्यसैलाई काउन्टर दिँदै शनिबार बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको ‘अखिल फोर्स’ले शक्ति प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।

मोटरसाइकल ¥यालीसहित गरिएको प्रदर्शनमा माधव नेपाल लगायतका नेताहरुको उपस्थिति थियो । ¥यालीपछि बबरमहलस्थित कार्की ब्याङ्केटमा सभाको आयोजना गरिएको छ ।

शनिबार नै ओलीले एमाले जिल्ला कमिटी काठमाडौंको कार्यक्रमलाई सम्बोधन गर्दै माधव नेपाल जस्ताको पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।

उनले कांग्रेस नेतृत्वको सरकारलाई दक्षिणपन्थीको सरकार भएको आरोप लगाउँदै भने, ‘दक्षिणपन्थीको सरकारलाई मत दिने माधवहरुका लागि ठाउँ छैन ।’ एकतिर पार्टी एकताको प्रयास गर्ने र अर्कोतिर एकता भाँड्ने अभिव्यक्ति ओलीबाटै हुँदै आएको छ ।

 

सम्बन्धित खबरहरु