काठमाडौं । शुक्रबार बेलुका पूर्वयुवराज पारस शाहले हेल्मेट नलगाएको भिडियो खुबै भाइरल भयो ।

केहि समय प्रहरीले उनलाई समातेको थियो तर थुन्न सकेन् । सामान्य व्यक्तिहरुले सोही गल्ति गरेको हुन्थ्यो भने सायद कारवाही पनि फरक हुन्थ्यो ।

तर पूर्वयुवराजले आफुलाई समात्ने प्रहरीमाथि दु’व्र्यव’हार पनि गरेका छन् । तर उनी आफुले कहिल्लै पनि हेल्मेट लगाउने गरेको छैन भन्दै माथिको आदेशमा छुटेको विषय सेलाएको छैन ।

यो बीचमा प्रहरीले देखाएको दादागिरीको एक नमुना फेला परेको छ । प्लाष्टिक, फलामलगायतका कवाडी सामानहरु संकलन गरेर दैनिकी चलाउने एकजनामाथि प्रहरीले दु’व्र्यवहार ग’रेको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुन्तले दमाईमाथि प्रहरीको दादागिरी देखिएको छ । बस्ने बास पनि नभएका दमाई सडकपेटी, चौतारी र प्रतिक्षालयमा रात बिताउँदै आएका छन् ।

उनै सुन्तले सधैजसो बिहीबार पनि वीरेन्द्रनगरको बीच बजारमा फलामका टुक्राहरु संकलन गरिरहेका थिए । नजिकै रहेका ट्राफिक प्रहरी खिम केसीले सुन्तलेलाई हा’तपा’त ग’रेको खुलेको छ ।

ट्राफिक प्रहरीले सुन्तलेलाई हा’तपा’त ग’रेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गल्तीनै गरेको भएपनि कानुन अनुसार कारबाही गर्नुको सट्टा एक लाचारमाथि ध्वास देखाएको भन्दै आलोचना भइरहेको छ ।

मानिसहरु ति प्रहरीको कानुनी उपचार हुनुपर्ने माग गरिरहेका छन् । सुन्तले राम्रोसँग कान सुन्दैनन् । पूरै शरीर ढाक्ने उनीसँग कपडा छैन ।

प्रहरीले विना कारण हा’तपा’त ग’र्दा उनी दुःखी छन् । न्यायका लागि जाने उनीसँग ठाउँ छैन । उनका अनुसार उनी भत्किएको नाली नजिकै फलामका टुक्रा देखेर उठाउन जाँदै थिए ।

सोही समयमा आएका प्रहरीले हा’तपा’त ग’रेका हुन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले घटनाका बारेमा छानबिन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिइएको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य घटनाका विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

सम्बन्धित खबरहरु