काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विवाद अझै मिल्न सकेको छैन ।

पार्टी एकताका लागि एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई बाधक मानिएको छ ।

यो बीचमा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगी बन्न छाड्नुपर्ने बताउनु भएको छ ।

थापाले ट्विटरमार्फत यस्तो उल्लेख गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ, ‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हो कहाँ ?

कार्यदलको प्रतिफल १०बुँदे समझदारी नै मान्य छैन, केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे ! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा–प्रचण्डकै सहयोगी बन्न दिऔँ,नरोकौं !!’

पार्टीमा क्षमायाचना गरेर सुध्रिएर भविष्यमा पार्टी घात र गद्दारी गर्नेछैन भन्न छाडेर पार्टीविरुद्ध लागेको उहाँको भनाई रहेको छ ।

उहाँले यसरी नेता नेपालको भ्यागुते स्वरुपको कार्टुन फोटो हालेर प्रचण्ड–देउवाका सहयोगी भनेपछि चर्को बिरोध हुन थालेको छ ।

उहाँले रुचाएका नेताको कार्टुन हाल्दा चै साईबर अपराध भन्दै प्रहरी गुहार्ने थापाको कार्यपनि गलत भएको टिप्पणीहरु आइरहेका छन् । धेरैले थापालाई गाली गरेर कमेण्ट गरेका छन् ।

सम्बन्धित खबरहरु