काठमाडौं । शुक्रबार साँझ हेल्मेट नलगाएका कारण प्रहरीले रोक्दा उल्टै प्रहरीलाई दुव्र्यवहार गर्नुभएका पूर्वयुवराज पारस शाहले स्पष्टीकरण दिनु भएको छ ।

उहाँले उक्त घटनालाई लिएर आफ्नो धारणा राख्नु भएको हो ।

उहाँले हार्ली डेभिड्सन मोटरसाइकल चलाउँदा हेल्मेट लगाउनु नपर्ने भन्दै आफ्नो बचाउ गर्नुभएको छ ।

शाहले आफूले चलाउने पारस शाह ज्याक नामक फेसबुक ह्यान्डलमा शनिबार एक स्टोरी पोस्ट गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले लेख्नु भएको छ, ‘यो मेरो जीवन हो । अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेमलेट लगाउँदैनन् ।’

हेल्मेट नलगाइ मोटरसाइकलमा हिँड्नु भएका पारसलाई शुक्रबार साँझ ७ बजेतिर काठमाडौंको चक्रपथ नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि उनले उद्दण्डता देखाउनु भएको थियो ।

सार्वजनिक भएको भिडियोमा प्रहरीले सम्झाइबुझाइ गर्दा उल्टै प्रहरीलाई धम्काउने कार्य उहाँले गर्नुभएको हो ।

शाहले हार्ली चलाउँदा अमेरिकामा कसैले पनि हेलमेट लगाउँदैनन् भनेर दावी गर्न खोजेपनि त्यो पूर्णतः सही होइन ।

 

सम्बन्धित खबरहरु