काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा देखिएको आन्तिरक विवाद अझैं समाधान नजिक पुगेको छैन ।

बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निरन्तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्दै आएको छ ।

यो बीचमा एमाले नेतृ रामकुमारी झाँक्रीले पुनः ओलीले अध्यक्ष छाडेपछि मात्रै पार्टीमा आन्तरिक एकता हुनसक्ने बताउनुभयो ।

शनिबार राजधानीमा अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले यस्तो बताउनु भएको हो ।

उहाँले अध्यक्ष ओलीले आत्मालोचनासहित राजीनामा नदिएसम्म एकता सम्भव नभएको स्पष्ट पार्नुभयो ।

ओलीलाई पार्टी एकताको बाधक मान्दै उहाँले त्यस्ता व्यक्ति मूलधारबाट बाहिर हुनुपर्ने तर्क गर्नुभयो । अध्यक्ष ओलीले पार्टी एकताको शर्तमा पद छोडेपछि मात्र पार्टी एकता हुन्छ भन्नुभयो ।

प्रतिगमनकारीले सामान्य प्रायश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन नसक्ने नेतृ झाँक्रीको तर्क रहेको छ ।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश भन्ने दुई थरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनेर प्रश्न पनि गर्नुभएको छ ।

झाँक्रीले आफू पार्टी एकता विरोधी नभएको भन्दै अध्यक्ष ओलीबाट पुस ५ र जेठ ७ मा भएको प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु