काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिवि कानुन संकायले परीक्षा फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘उपयुक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालय काठमाडौंद्धारा २०७८ सालमा लिइने स्नातक तह बि.ए.एलएल.बी आठौं सेमेस्टर परीक्षा सञ्चालन गर्ने सम्बन्धमा परीक्षा फारम भर्नका लागि सम्बन्धित कलेजमा सम्पर्क गर्नुहुन तथा परीक्षाको तालिका निम्न बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’

परीक्षा हुने समय बिहान ८ बजेदेखि बिहान १० बजेसम्म तोकिएको छ । परीक्षाकेन्द्र महेन्द्र रत्न क्याम्पस ताहाचल (नेपाल ल क्याम्पस र नेशनल ल क्याम्पस सम्पूर्ण परीक्षार्थीहरु) त्यसैगरी पृथ्वी नारायण क्याम्पस पोखरा (पृथ्वीनारायण क्याम्पस पोखराका सम्पूर्ण परीक्षार्थीहरु) का लागि परीक्षा केन्द्र तोकिएको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि कानुन संकायले परीक्षा फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘उपयुक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालय काठमाडौंद्धारा २०७८ सालमा लिइने स्नातकोत्तर तह एल.एल.एम. दोस्रो सेमेस्टर परीक्षा सञ्चालन गर्ने सम्बन्धमा परीक्षा फारम भर्नका लागि सम्बन्धित कलेजमा सम्पर्क गर्नुहुन तथा परीक्षाको तालिका निम्न बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’

परीक्षा हुने समय बिहान ७ बजेदेखि बिहान १० बजेसम्म तोकिएको छ ।

परीक्षाकेन्द्र महेन्द्र रत्न क्याम्पस ताहाचल (नेपाल ल क्याम्पस र नेशनल ल क्याम्पस सम्पूर्ण परीक्षार्थीहरु) का लागि परीक्षा केन्द्र तोकिएको छ ।

सम्बन्धित खबरहरु