जनबोली । उनी हुन् निर्भिक खनाल । उनी पूर्व प्रधानमन्त्री झलनाथ खनालका पुत्र हुन् ।

पेशाले इन्जिनियर हुन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगाएतका चीनका ठुला–ठुला प्रोजेक्टका सब कन्ट्याक्टर हुन ।

महिनाको लाखौ कमाउछन । तरपनी म मेरो बाबुको उपचार आफै गर्छु, राज्यको सम्पत्ती दोहन गर्दिन भनेर भन्न सकेनन ।

बाबुपनि पूर्व प्रधानमन्त्री हुन् । प्रधानमन्त्री हुँदापनि राम्रै तलब भत्ता थापेकै हुन् ।

नेकपा एमाले जो लामो समय सत्तामा रहेको पार्टीका पूर्व अध्यक्ष हुन् । पार्टीभित्र वरिष्ठ नेता हुन् । कमाई त पक्कै राम्रै छ ।

उनको नामको फाउण्डेशनबाटपनि राज्यबाट निक्कै नै प्रोजेक्ट लिएको देखिन्छ । त्यहाँबाटपनि आफ्नो उपचार गर्ने रकम त निस्किएकै हो ।

तर पनि राज्यबाट उपचार खर्चको बार्गेनिङ्ग गरिरहे । कहिले यता कहिले उता राजनीतिक सौदाबाजी गरेर भएपनि उपचार खर्च लिइछाडे । त्योपनि मोटो रकम लिए ।

यस्ता खालका सन्तान र यस्ता खाले नेताको परिवार देखिन दया लागेर आउँछ । तपाईहरुलाई कस्तो लाग्छ ? प्रतिक्रियामा लेख्नुहोला ।

 

सम्बन्धित खबरहरु