काठमाडौं । दार्चुला प्रकरणलाई लिएर गृह मन्त्रालयले नयाँ विज्ञप्ति जारी गरेको छ । गृह मन्त्रालयका प्रवत्ता फणिन्द्रमणी पोखरेलले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बतउनु भएको हो ।

श्रावण १५ गतेका दिन दार्चुला जिल्लाको ब्याँस गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुईनको प्रयोग गरी जयसिंह धामी सहितका व्यक्तिहरु भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा उक्त घटना घटेको थियो । ब्यास गाउँपालिका–२ मा बस्ने वर्ष ३३ का धामी तुईनबाट तर्दै गर्दा भारतीय एसएसबीका जवानले तुईन काटी दिएकोले धामी महाकाली नदीमा खसेर बेपत्ता हुनु भएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटना प्रति दुःख प्रकट गर्दै स्थानीय प्रशासन एवं सुरक्षा निकायहरुलाई सो घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिई सकेको र घटनाको वास्तविक सत्य तथ्य जानकारी तथा खोज उद्दारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ नं. गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटना स्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ ।

घटनास्थल सदरमुकामबाट ५ घण्टा पैदल दूरीमा रहेको हुँदा उक्त टोली फर्किए पश्चात यथार्थ जानकारी प्राप्त हुने नै छ उक्त घटनाको अनुसन्धान तथा छानविनको क्रम जारी रहेकोले सत्य तथ्य पुष्टी भई नसकेको अवस्थामा भ्रम सिर्जना हुनेगरी सूचना÷समाचार प्रकाशन नगरिदिनुहुन सम्बन्धित सवैमा गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

सम्बन्धित खबरहरु