जनबोली कृषि ब्यूरो । विश्व बजारमा मात्र नभएर नेपाली बजारमा समेत माग हुने गरेको रातो च्याउको उत्पादन अझै न्युन छ ।

तर, यसको बजार मुल्य भने प्रतिकेजी रु. १० हजार रहेको छ । औषधिय गुणले भरिपूर्ण रातो च्याउको व्यावसायिक खेतीको श्रेय च्याउविद् डा. केशरी लक्ष्मी मानन्धरलाई जान्छ ।

यसबाट उत्पादन गरिने ग्यानोडर्मा कफी संसारभर लोकप्रिय छ ।

उक्त कफीको नियमित सेवनले ट्युमर उब्जिनबाट बचाउने, कलेजो बलियो रहने, मुटुको मांसपेसी तन्दरुस्त बन्ने, मधुमेह रोकथाम हुने आदि बताइन्छ ।

ग्यानोडर्मा अर्थात रातो च्याउ नेपाली जंगलमै पाइने एक प्रकारको जंगली च्याउ हो ।

पछिल्लो समय यसको व्यावसायिक खेती समेत हुने गरेको छ । ग्यानोडर्मा च्याउको धेरै प्रजाति छन् ।

त्यसमध्ये ग्यानोडर्मा लुसिडम (Ganoderma lucidum) भनिने प्रजाति अत्यन्त उपयोगी मानिन्छ । यो च्याउ चिनियाँहरुले २ हजार बर्ष अघिदेखि उपभोग गर्दै आएका छन् ।

नेपालको पहाडी क्षेत्र ग्यानोडर्माको व्यावसायिक खेतीका लागि उपयोगी हुने डा. मानन्धरको भनाई छ ।

यसलाई काठको मुढा वा धुलोमा व्यावसायीक तरिकाले खेती गर्न सकिन्छ । -सूचना स्रोत : डा. केशरीलक्ष्मी मानन्धर)

 

सम्बन्धित खबरहरु