नयाँदिल्ली । भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ७९० जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १६ लाख ५४ हजार ५८४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १७ हजार ३२७ जना संक्रीय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५४२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २४ हजार ३८४ पुगेको छ ।

केरलामा पाँचौं दिन चलिरहेको उच्च दरको बृद्धीले २०,००० भन्दा बढी नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

जबकि तमिलनाडु र कर्नाटकमा संक्रमण अत्याधिक बढ्दो छ । भारतमा शनिबार भाइरसको ४२,००० भन्दा बढी नयाँ केसहरु दर्ता गरेको छ।

सम्बन्धित खबरहरु