एनएमबी बैंकले आगामी माघ १९ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । बैंकको ऋणपत्रको ब्याज दर सात प्रतिशत तोकेको छ । एक हजार रुपैयाँ अंकित दरका ऋणपत्रहरु ३७ करोड ५० लाख रुपैयाँ बराबरको व्यक्तिगत तवरबाट बिक्री गर्ने र बाँकी १० करोड रुपैयाँ बराबरको मात्र सर्वसाधारणलाई बिक्री गर्ने लागेको बैंकले जनाएको छ । बैंकले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।

ऋणपत्रमध्ये पाँच हजार कित्ता सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमलाई उस्ले छुट्याएको छ ।हाल बैंकको सेयर पुँजी २ अर्व वरावरको छ । बैंकको ऋणपत्रको धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ । बैंकले ऋणपत्रमा भएका लगानी रकम पाँच बर्ष ६ महिनामा एकमुस्ट भुक्तानी गर्ने आह्वानपत्रमा उल्लेख गरेको छ । एनएमबी ऋणपत्र २०७७ मा परिपक्क हुने छ ।

सम्बन्धित खबरहरु