काठमाडौ । बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ।

पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको गत मंगलबार मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले जनाएको छ।

मगरको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो। उनी ५ वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन्।

एनआरएनएले एक विज्ञप्ति जारी गर्दै उनको निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित् एवम् मर्माहत बनाएको जनाएको छ।

यस्तो छ विज्ञप्ति
अत्यन्त दुःखद खबर
भावपूर्ण हार्दिक श्रद्धाञ्जली !!!
नेपालमा स्थायी घर पर्वत जिल्ला भई वैदेशिक रोजगारको सिलसिलामा करिव ५ वर्ष अगाडि पोर्चुगल आउनु भएकी ४० वर्षीय देविमाया गर्बुजा पुन मगरको लिस्बन स्थित उहाको घरमा चिकित्सक द्वारा उपचार गराउदै गर्दा हिजो विहान अगस्ट ३ तारिक २०२१ मंगलवारका दिन असामायिक दु:खद निधनको खबरले हामी पोर्तुगलबासी सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित एबम मर्माहित बनाएको छ ।

असीम वेदना र दु:खको यस घडिमा स्वर्गीय पुन मगरको दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनहरु प्रति गहिरो समबेदना व्यक्त गर्दछौ ।

दिवंगत हुनुभएकि देविमायाको अन्तिम श्रद्धाञ्जली साथै दाह संस्कार पर्सी निम्न स्थान र समयमा हुने भएको सम्पूर्ण आदरणीय पोर्चुगलवासि नेपालीहरूमा जानकारि गराउदछौ।
स्थान-Cemitério dos Olivais Lisboa
समय -०६ अगस्ट २०२१ विहान ११:१५ वजे

सम्बन्धित खबरहरु