काठमाडौ । झापा सुरूङ्गा निवासी विगत २० वर्षदेखि भारतको मुम्बैबाट हराएका व्यक्तिको खोजी सुरु भएको छ ।

उहाँ २० बर्षअघि मुम्बैबाट सम्पर्कबिहीन हुनुभएको थियो । उहाँको नाम शेखर मैनाली हो ।

उहाँलाई कही कतै देख्नु, भेट्नु भएमा खबर गरिदिन अपिल गरिएको छ । यो पोष्ट पूर्व सचिव भीम उपाध्यायले गर्नुभएको छ ।

उहाँले गरेको पोष्टका आधारमा ३५ बर्षपछि शोभाकान्त लामिछाने (शुकुन्त शर्मा) फेला परेपछि मैनालीको खोजीका लागिपनि परिवारले आग्रह गरेपछि उहाँले पोष्ट गर्नुभयो ।

शेखरका पिताको नाम भक्तिप्रसाद मैनाली हो। उहाँका परिवार र भाइ बहिनीहरुले उहाँलाई अझै कुरेर बसिरहेको सन्देश पठाइएको छ ।
यस्तो छ पोष्ट

मुम्बैका साथीहरू शेखरको खोजखबर गरिदिनुहोला-
झापा सुरूङ्गा निवासी विगत २० वर्षदेखि मुम्बैबाट सम्पर्कबिहीन भएका शेखर मैनालीलाई मुम्बैका साथीहरूले देख्नु, भेट्नु भएमा उनलाई खबर गरिदिनुहोला वा घर पठाईदिनुहोला।

शेखरका पिताको नाम भक्तिप्रसाद मैनाली हो। उनका परिवार र भाइ बहिनीहरुले उनलाई अझै कुरेर बसिरहेका छन्। Amrita Mainali सम्पर्क मो नम्बर- 9849927486/9808991152

सम्बन्धित खबरहरु