लण्डन । बेलायतमा आइतबार २७४२९ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । ३९ जनाको मृत्यु भएको बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बेलायतमा शनिबार मात्र २८६१२ जना नयाँ संक्रमित फेला परेका थिए । १०३ जनाको मृत्यु भएको रिपोर्ट गरीएको थियो ।

कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको मृत्यु भएको थियो ।

गएको पाँच महिना पछिको यो हालसम्मकै उच्च हो । यसअघि गएको मार्च १७ पछि मंगलबार सबैभन्दा बढी नागरिकको भाइरसबाट ज्यान गएको थियो । पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ ।

अहिलेसम्म एक लाख ३० हजार ३२० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्ला केही हप्तामा नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । सङ्क्रमणमा पनि वृद्धि भएको स्वास्थ्य अधिकारीले बताएका छन् ।

बेलायतमा हालसम्म ६० लाख ६९ हजार भन्दा बढी मानिस यो भाइरसबाट सङ्क्रमित भएको समाचारमा जनाइएको छ ।

 

सम्बन्धित खबरहरु