काठमाडौं । यहाँ क्लिक गर्नुभयो भने पठाओको ट्याक्सी सित्तैमा चढ्न पाउनुहुनेछ ।

दोश्रो वार्षिकोत्सवको अवसरमा पठाओले दुई मिनेटका लागि निःशुल्क ट्याक्सी सेवा दिने घोषणा गरेको बारेमा जानकारी भएकाले तपाईलेपनि ट्याक्सी सित्तैमा चढ्न पाउनुहुनेछ ।

पठाओको एपमा दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म बुक गरेको खण्डमा उक्त अफर लागु हुने पठाओले जनाएको छ ।

यो दुई मिनेटभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले ट्याक्सी चढेको शुल्क तिर्नुपर्ने छैन ।

अहिले पठाओमा ८ हजार कार लाइट (ट्याक्सी) जोडिएका छन् । सबैले एसेप्ट गरेमा ८ हजा जनाले आज निःशुल्क ट्याक्सी चढ्न पाउनेछन् ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट सेवा सुरु गरेको हो।

सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले पठाओ बजार पनि सुरु गरेको छ।

 

सम्बन्धित खबरहरु