काठमाडौं । लोक सेवा आयोगका सूचनाहरु प्रकाशित भएका छन् । अन्तर्वार्ता सम्बन्धी सूचनाहरु जारी गरिएको हो । जारी सूचनामा भनिएको छ, ‘लोक सेवा आयोगको तपसिलमा उल्लेखित विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी÷तह र पदको लिखित परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम, थर भएका उम्मेदवारहरु अन्तर्वार्ताको लागि छनौट भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाण पत्रका सकल सहित नकल २÷२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना २ प्रति भरी प्रवेशपत्र लिई तोकिएको अन्तर्वार्ताको दिन १ (एक) घण्टा अगावै उपस्थित हुनुपर्ने व्यहोरा पनि यसै सूचनाद्वारा अवगत गराइएको छ । अन्तर्वार्ताको दिन सार्वजनिक बिदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुनेछ ।’

सम्बन्धित खबरहरु