चन्द नेतृत्वको माओवादीले गर्यो २३ विगाहा जग्गा कब्जा

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ११ माघ, २०७१

बारा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बारामा २३ विगाहा जग्गा कब्जामा लिएको छ ।

बाराको मनहर्वा–९ स्थित लामिडाडामा रहेको विनयराज पाण्डेको २३ विगाह जग्गा कब्जा लिएको हो ।

जग्गा आफुहरुको कब्जामा एमो उल्लेख गर्दै टाँसिएको सुचनामा यो जग्गा खरिद विक्रीकालागि रोक लगाइएको उल्लेख छ ।

उक्त जग्गा २०५८ सालमा पनि माओवादीले कब्जामा लिएको थियो ।

सम्बन्धित खबरहरु