काठमाडौ । अति सामान्य तर सबैले गरे नेपाल आमाको भूमि नै स्वर्ग भन्ने एक अपिल गरिरहेका छौ । जताततै हरियाली र पेट भरिने, स्वास्थ्यकर फलहरुको बगानले भरिएको नेपाल आमा बनाउँन यो एउटा सानो प्रयास काफी छ ।

हामी सबै फलहरु खाने गर्छौ । आफूले खाएका फलहरुको बिउ उसै नफालौँ । बिग्रिएर जानेगरी पोको पारेर फोहोरमा नफालौँ ।

बरु त्यसलाई सुकाऔँ । जतन गरेर राखौँ । हामी बर्षदिन वा बर्षौ दिनमा एक पटक न एक पटक त लामो यात्रामा निस्किन्छौ नै ।

सिमेण्टको जंगल भएको सहरबाट बाहिर कहिलै जानुभएको छैन र जानुहुन्न भने तपाईले चिने जानेका कोही न कोही त बाहिर जान्छ । बाहिर कतै जाँदा बाटो छेउमा बोट बिरुवा नभएको ठाउँमा ती बिउहरु फ्यालिदिउँ ।

आफू जान पाईँदैन भने बाहिर जान लागेकाहरुलाई आफूले जतन गरेर सुकाएर बनाएका बिउहरु दिएर पठाऔँ । बाँकी काम र स्याहार प्रकृति आफैले गर्नेछ । मलेसिया, थाइल्यान्ड जस्ता देशमा बर्षौँदेखि यहि अभ्यास गर्छन् । अहिले त्यहाँ जतासुकै फलहरु छन् ।

मानिसहरुले फलहरु खाएर सकिदैनन् । सार्वजनिक जग्गा जताततै फलहरुका रुखहरु भेटिन्छन् । बाटोभरी मौसमी र बेमौसमी फलहरु पाकिरहेका हुन्छन् । बाटोमा हिड्ने कोही भोको हुन्न ।

यति सुन्दर र उपयुक्त मौसम भएको देश नेपाल आमालाई आजैबाट स्वर्ग जस्तै बनाउँने सोच्नुहोस् । यो सानो प्रयास सबैले गरौँ । यो अपिल आफूले पढिसकेपछि सामाजिक सञ्जाल सबैतिर बाँडौ ।

 

सम्बन्धित खबरहरु