काठमाडौ । केही दिन अघि हामीले एक सामाग्री प्रकाशन गरेका थियौँ । लमजुङको सुन्दरबजारमा १३ वर्षमै बालिका आमा बनिन् ।

उनी अहिले सुत्केरी अबस्थामा छिन् । लमजुङ, सुन्दरबजार नगरपालिकाकी हर्षना मिया मर्स्याङ्दी नदीको किनारमा बालुवा बोक्थिन्।

त्यहीँ काम गर्ने तामाङ जातको केटासग लभ परेपछि भागेर बिवाह गरेको उनी बताउँछिन् । उनीहरू एकअर्काको प्रेममा परे। १० बर्षमा नै बिबाह गरे । तीन वर्षअघि बिहे गरेका उनीहरूको अहिले पहिलो सन्तान जन्मिएको छ।

उनीहरूको बिहे र सन्तान जन्माउनु भने सामान्य होइन, न उमेरले न कानुनले। बिहे गर्दा रिमा जम्मा दस वर्ष लागेकी थिइन्, हरि १६ वर्षका थिए । उनीहरुले पढ्न पाएका थिएनन् । बच्चा जन्माउन रोक्नेबारेपनि कुनै योजना बनाउन जानेनन् ।

पढौं, खेलौं, कुदौं भन्ने कलिलो उमेरमा १३ वर्षे नानीले छोरी जन्माएकी छन् । बुवाको कहाँ काम, बास र के खाने केही टुंगो नभएको अवस्था छ । उनीपनि अहिले सम्पर्कमा छैनन् ।

सडक बालकका रूपमा हुर्किएका उनका श्रीमान मर्स्याङ्दी किनारमा बालुवा बोक्न पुगेका थिए। आमाले छाडेर गएपछि बुबाले आफूलाई सडकमा छाडेको उनी बताउँछन्।

उनले अहिलेसम्म आफ्नो घर पनि देख्न पाएका छैनन्। बालिकापनि परिवारमा उचित रेखदेख नपाएकै कारण जीवन धान्ने बाटो खोज्दै बालुवा बोक्न पुगेकी थिइन्।

उनका बुबा अर्काको घरमा बसेर काम गर्छन्। स्थानीयका अनुसार एकातिर नाजुक आर्थिक अवस्था, अर्कातिर मानसिक समस्या भएकाले उनले छोराछोरी हेर्न सक्ने अवस्था छैन।

परिवारको माया, रेखदेख, शिक्षा, स्वास्थ्य पाउनुपर्ने उनीहरुलाई बोझ थपिएको छ । अब त्यो शिशु पाल्ने उनीहरुमा हैसियत छैन । उनका बाबु सम्पर्कमा नआएपनि शिशुकी आमा १३ बर्षीय बालिकामा त झनै कुनै हिम्मत नै छैन । अझ उनी सुत्केरी अवस्थामा छिन् ।

हामी लगायत विभिन्न मिडियाले यो खबर प्रकाशन गरिरहेका छन् । तरपनि स्थानीय सरकार, प्रशासन देखि राज्यका निकायहरु यो बारे बेखबर छन् । बालअधिकारका ठूला–ठूला कुरा गर्नेहरु समेत बेखबर छन् । क्रिपया उनको सहयोगमा जुटौँ ।

सम्बन्धित खबरहरु