काठमाडौं । नेपाली बजारमा सुनको मुल्य निरन्तर परिवर्तन भइरहेको छ । बिहीबारको तुलनामा आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ३ सय रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार हुँदैछ । बिहीबार सुन प्रति तोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, आज चाँदी प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि, विराटनगर महानगरपालिकाको हाटखोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण गर्न लागिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधिन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

उहाँले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यको दायित्व भएकाले निर्माणमा कुनै कमी कमजोरी हुन नहुनेमा जोड दिनुभयोे ।

मूल्य अभिवृद्धि करबाहेक रु ३० करोड ८३ लाखको लागतमा निर्माण गर्न लागिएकोे सो भवन आशिष, आशीर्वाद, स्वामी नारायण जेभीले बोलपत्र कबुल गरेको छ ।

विसं २०८० पुस २४ गतेभित्र निर्माण गरिने सो भवन ३६ हजार ८८३ वर्गफिटको हुने सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिनुभयो ।

कूल १० कठ्ठा १० धुर जग्गामा निर्माण गर्न लागिएको सो भवनमा महिला र पुरुष कैदी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्रशासन, कारागार प्रमुख, चमेनागृह र आगन्तुकका लागि अलग–अलग कक्ष रहने छ । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको थियो ।

हाल जिल्ला कारागार भएकै ठाउँमा बन्ने सो भवनमा महिला कैदीका लागि ८८ शय्या र पुरुष कैदीका लागि २५० शय्या हुनेछ ।

हाल पुरानो कारागारमा ७१ महिलासहित ९२९ कैदीबन्दी रहेको कारागार प्रशासनका कर्मचारी रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

नयाँ भवन बनेपछि पनि पुरानो भवनलाई कैदीबन्दीकै लागि प्रयोग गरिने भएको छ । कारागारको कूल क्षेत्रफल तीन बिघा जग्गा छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नयाँ भवन कैदीबन्दीका लागि निकै सहज हुने बताउनुुभयो ।

निर्माण कम्पनीका प्रमुख केशर बुढाथोकीले राज्यले लगानी गरेको यस प्रकारको भौतिक सम्पत्तिमा कुनै कमी हुन नदिने र निर्धारित समयमै भवन निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित खबरहरु