काठमाडौ । मृत्यु नसोचेका हुन्छन् । कसैको आयु कति हो भन्ने कुनै ठेगान छैन । कसले के गर्ने भन्नेपनि कहाँबाट जीवन कहाँ पुर्याउँछ पत्तै हुन्न ।

कैलालीका एक किशोरी जो नेपाली सेना बन्न औधी गरिरहेकी थिइन् । बच्चाको उमेरमा नानी के बन्ने भन्दा सेना बन्ने भन्थिन् ।

एसईई सकिएपछि अब उनी केही बर्ष पढेर सेनाको प्राविधिक पदमा पुग्नेगरी पढ्ने योजनामा थिइन् । सेना बनेर देशको सेवा गर्छु भन्थिन् ।

कस्तो दुर्भाग्य सेनाकै सवारीबाट निधन भयो । उनकी आमाका अनुसार उनी सेना बन्नका लागि नै दैनिक कसरत समेत गरिरहेकी थिइन् ।

भविष्यमा देशको सेवा गर्ने उनको अठोट थियो । तर त्यो अधुरो नै रह्यो बाबुले गुनासो गरे । कैलालीमा नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उनै नानीको मृत्यु भएको हो ।

कैलाली गोदावरी नगरपालिका–८ स्याउमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका ११ की १५ बर्षीया बिद्या रानाको मृत्यु भएको हो ।

उनको भविष्यमा नेपाली सेनाको उच्च पदमा पुगेर देशको सेवा गर्ने सपना थियो । दुर्घटनामा थप दुई जना घाइते छन् । धनगढी ५ का १७ वर्षीय क्रिस बम र धनगढी ३ का उमेश कार्कीको अवस्था गम्भीर रहेको छ ।

पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश ३ –०१ –००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थियो ।

 

सम्बन्धित खबरहरु