brazil

एजेन्सी । ब्राजीलमा सवैभन्दा बढी जनसंख्या भएको क्षेत्रमा ८० बर्षयताकै सवैभन्दा ठूलो खडेरी परेको छ ।

ब्राजील कि पर्याबरण मन्त्री इजाबेला टेक्सीराका अनुसार देशको तीन सवैभन्दा धेरै जनसंख्या भएको राज्यहरु साओ पाउलो, रियो दि जेनेरियो तथा मिनास गेरेसमा १९३० देखिकै सवैभन्दा ठूलो खडेरी परेको छ ।

राजधानी ब्रसेल्समा वसेको आपतकालिन बैठकले उक्त क्षेत्रमा पानी बचाउनु पर्ने आवस्यकता औल्याईएको छ ।

पर्याबरणमन्त्री टेक्सीराका अनुसार यसले गर्दा ब्राजिलको कृषि तथा उद्योग जगतमा असर पर्ने छ र संकट ग्रस्त ब्राजिलको अर्थव्यवस्थामा समेत असर पर्ने छ ।

ब्राजीलमा अहिले वानी पर्ने सजिन हो तर पनि पानी पर्न सकिरहेको छैन र पानी का मुहानहरु सुकेका छन् । ओला नाला मा पानीको सतह धेरुै तल पुगेको छ ।

जसका कारण स्थिति खराव हुदै गएको छ तर सरकार सँग कुनै ठोस योजना नभएको आरोप लाग्ने गरेको छ । रियो दि जेनेरियोको मुख्य जलासाय क्षेत्रको स्तर शुन्यमा झरेको छ ।

[/highlight]

सम्बन्धित खबरहरु