subash nembangकाठमाडौ, माघ ११ - संविधानसभाको आजको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले आफैले प्रस्ताव पेस गर्ने गरी आजको कार्यसूची तय गरिएको छ । संविधानसभा सचिवालयले यसअघिको कार्यसूची हटाउर प्रस्ताव निर्माण समितिको प्रस्ताव सभाध्यक्ष स्वंयले पेस गर्ने कार्यसूची सार्वजनिक गरेको छ । एमाओवादी, मधेसी सहितको विपक्षी मोर्चाले उक्त कार्यसूचीप्रति असहमति जनाएका छन् । उनीहरुले सभाध्यक्षले प्रस्ताव ल्याए त्यसको 'भद्र अवज्ञा' गर्दै सडकमा जाने तयारी गरेका छन् ।

संविधानसभाको नियमावली २०७० को नियम ९१ बमोजिम प्रस्ताव निर्माण समिति गठन गरियोस भनी सदस्यहरको नामावली सहितको प्रस्ताव सभाध्यक्षले गर्ने कार्यसूची रहेको छ । यसअघि कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले प्रस्ताव गर्ने र एमालेका प्रमुख सचेतक अग्नी खरेलले समर्थन गर्ने कार्यसूची थियो । विपक्षीहरुको लगातारको अवरोधले उक्त प्रस्ताव संविधानसभामा पेस हुन पाएन । आजको  बैठक १ बजे बोलाइएको छ ।

सम्बन्धित खबरहरु