नयाँ दिल्ली । भारतीय अभिनेत्री सरन्या शशिको मृत्यु भएको छ । ३५ बर्षीया शशिको मृत्युको कारण ब्रेन ट्युमरका कारण मृत्यु भएको हो ।

लामो समयदेखि ब्रेन ट्युमरसँग ल’ड्दै आएकी उनको धेरै पटक सर्जरी समेत भएको थियो । ट्युमर उपचारकै क्रममा उनी यो बर्ष कोरोना संक्रमित समेत हुन पुगेकी थिइन् ।

कोरोना संक्रमित ठिक भएपनि उनको अवस्था भने बिग्रिएको थियो । मिडियाका अनुसार उनको मृत्यु कोभिडको जटिल अवस्थाको कारणले भएको हो ।

शशिको मृत्यु भएपछि केरलका मुख्यमन्त्री निराई विजयनले शोक ब्यक्त गरेका छन् । फ्यानले भने सामाजिक संजाल मार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।

कन्नुर जिल्ला निवासी उनले केही फिल्ममा अभिनय गरेकी छन् । आर्थिक संकटमा समेत रहेकी उनी केरलको लोकप्रिय टिभी कलाकार हुन् ।

 

सम्बन्धित खबरहरु