काठमाडौ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी गायब भएका छन् ।

महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको देखिन्छ । यी गाडी अत्याधिक महंगा भएको प्रतिवेदनमा उल्लेख छ ।

हेडवर्क्स तथा सुरुङ निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले किनेका यी गाडीमध्ये १० वटा प्राडोसहित २७ वटा गाडीको उपयोग र अवस्थाबारे कार्यालयलाई जानकारी नभएको उल्लेख गरी महालेखालाई विवरण दिइएको छ ।

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी अन्तिम समयमा आएर भागेको थियो । नेपालको अवस्थाले पूरा काम गर्न नसक्ने भन्दै उक्त कम्पनी भागेको थियो ।

उच्च स्रोतका अनुसार यो कम्पनीले गाडी किन्दै सम्बन्धित निकायका उच्च पदस्थ अधिकारीलाई उपहार दिएको र उनीहरुले नै चलाइरहेको बुझ्न आउँछ ।

आयोजना निर्माण र सुपरभिजनमा प्रयोग गर्नुपर्ने यी गाडी आफ्नो नाममा दर्ता गरी मर्मत र संचालन गर्न एक मोटर्स कम्पनीले निवेदन समेत दिएको पाइएको छ ।

यसबारे विवाद अदालतमा विचाराधिन अवस्थामा रहेको समेत महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

सम्बन्धित खबरहरु