काठमाडौं । लामो समयदेखि हराइरहेकी किशोरी अहिलेसम्म फेला पर्न सकेकी छैनन् । सन् २०१९, ६ अगस्टदेखि हराइरहेकी एक किशोरीलाई अझैं फेला पार्न सकिएको छैन ।

फ्लोर दे येशु गोमेज–अमाया नामकी किशोरी हराएको भन्दै खोजिका लागि अनुरोध गरिएको हो ।

अमेरिकाको न्यूजर्सीबाट उनी हराएकी हुन् । उनी एक वयस्क पुरुष र एक किशोर पुरुष संग हुन सक्ने अनुमान गरिएको छ । उनीहरु बाउन्ड ब्रुक न्यु जर्सीको स्थानीय क्षेत्रमा हुन सक्ने बताइएको छ ।

अर्कोतिर उनीहरुले वाशिङ्टनतर्फ यात्रा गरेको हुनसक्ने अनुमान पनि गरिएको छ । किशोरीको जन्म १ जुलाई, २००४ मा भएको थियो । गहुँगोरो वर्ण भएकी उनको कपाल कालो, आँखाको रंग खैरो, ५ फुट उचाई र तौल झण्डै ५५ केजी रहेको हुलियामा उल्लेख गरिएको छ ।

अमेरिकाको बेपत्ता र शोषित बच्चाहरु को लागी राष्ट्रीय केन्द्रका अनुसार यी किशोरीलाई देख्नेहरुले ९११ मा सम्पर्क गर्न सक्ने छन् ।

साथै, न्यू जर्सीमा रहेको बाउन्ड ब्रुक प्रहरी चौकीमा पनि सम्पर्क गर्न सक्नुहुन्छ, त्यसका लागि १९७३२९३५६९०८०० मा सम्पर्क गर्नु पर्ने छ ।

सम्बन्धित खबरहरु