माघ ११, काठमाडौं, जनबोली न्युज डेस्क । संविधानसभाको आजको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले आफैले प्रस्ताव पेस गर्ने गरी आजको कार्यसूची तय गरिएको छ । संविधानसभा सचिवालयले यसअघिको कार्यसूची हटाउर प्रस्ताव निर्माण समितिको प्रस्ताव सभाध्यक्ष स्वंयले पेस गर्ने कार्यसूची सार्वजनिक गरेको छ । एमाओवादी, मधेसी सहितको विपक्षी मोर्चाले उक्त कार्यसूचीप्रति असहमति जनाएका छन् । उनीहरुले
जारी संविधान सभामा विपक्षीको ताण्डव नृत्यबीच प्रस्ताव समिति गठन भएको छ । सभाध्यक्ष नेम्वाङले ७३ सदस्य हुने समितिमा जम्मा ४९ सदस्यको नाम पढेर सुनाएका थिए । गठन गरिएको प्रस्ताव समितिमा बाँकी सदस्यको नाम फेला नपरेको जनाएका थिए । सभाध्यक्ष नेम्वाङले प्रस्ताव सहमतिले संवैधानिक राजनीतिक संवाद र सहमति समितिमा सहमति हुन नसकेका विवादित विषयमा गहन अध्ययन गरी प्रश्नावली समितिको निर्णयार्थ संविधानसभामा पेश गर्ने जनाएका हुन् । जसलाई बहुमतले पारित गरेको थियो ।
संविधान कार्यसञ्चाल नियमावली २०७०को नियम ९१ बमोजिम गठन गरिएको प्रस्ताव समितिविरुद्ध एमाओवादी लगायत विपक्षीहरुले होहल्ला, नाराबाजी गरेर अवरोध सिर्जना गरेका थिए ।
प्रचण्डको आक्रोश
एमाओवादी अध्यक्ष प्रचण्डले सहमति भए १० प्रदेशमा जाने अभिव्यक्ति जाहेर गरेका थिए । प्रश्नावली समिति बने राम्रो हुँदैन भन्दै अध्यक्ष प्रचण्डले सभाध्यक्षले कलंकको टिका लगाएको बताए ।
सभाध्यक्षले दिएको चार दिनको कुनै महत्व नभएको भन्दै सभाध्यक्षले पार्टी प्रबक्ताको रपमा काम गरेको बताएका छन् । अघिल्लो संविधान सभामा बैठक बोलाउन आग्रह गर्दा नमान्ने सभाध्यक्षले एकलकाटे स्वभाव निकालेको बताएका हुन् । सभाध्यक्षले प्रस्ताव ल्याए त्यसको भद्र अवज्ञा गर्दै सडकमा जाने तयारी गरेका एमाओवादी, अब हामी जनतामा जान्छौँ, त्यसको परिणाम नेपाल सरकार, नेपाली कांग्रेस, एमाले र सभाध्यक्षले जिम्मा लिनुपर्ने बताए ।