सान फ्रान्सिस्को । ग्रेग राइकेन भोक लागेर लन्च स्पटमा पुगे । त्यहाँ हातमा खोप लगाएको रेकर्ड मागिए । नभन्दै उनले कोरोनाबिरुद्धको पूर्ण खोप लगाएका थिए ।

त्यसको प्रमाणित प्रमाणपत्र मोबाईलमा खिचेर राखेका थिए । क्यूआर कोड देखाए । गेटमा रहेका गार्डले स्क्यान हेरे । पूर्ण खोप भएको प्रमाणित भयो । अनि मात्र उनले अब भोक मेटाउन रेष्टुरेण्ट छिर्न पाए ।

यो नियम हो अमेरिकाको सान फ्रान्सिस्को राज्यको । यहाँ सार्वजनिक स्थलमा जाँदा समेत पूर्ण खोपको प्रमाण देखाउनुपर्नेछ ।

यहाँलाई स्मरण गराऔँ । अमेरिकामा खोप सामान्य स्वास्थ्य केन्द्रमा समेत लगाउन पाईन्छ । तर केहीले खोप लगाउन अस्वीकार गरेका कारण विभिन्न अफर तथा बाध्यात्मक नियमहरु लागू गर्न थालिएको हो ।

शुक्रबार सान फ्रान्सिस्कोको स्याम ग्रिल र समुद्री खाना रेष्टुरेन्टका प्रबन्धकले पूर्ण खोप लगाएको प्रमाणित भएका व्यक्तिलाई मात्र भित्र जान भनिरहेका थिए ।

जो खोप लगाएको व्यक्ति आउँछ उनीहरु रेष्टुरेन्ट भित्र जाने ग्राहकहरुको सूचीमा राखिन्छ । जसले लगाएका छैनन् माफ गर्नुहोला हामी यहाँलाई आगन्तुक स्वीकार गर्न सक्दैनौँ किनकी यो राज्यको नियम हो भनेर फर्काइन्छ । राज्यका नियमक निकायलेपनि बेला बेला रेष्टुरेन्टमा जाँच गरिरहेको देखिन्छ ।

स्यान फ्रान्सिस्को अमेरिकाको पहिलो प्रमुख शहर बनेको छ जब कडा खोप जनादेश लागू गर्ने, रेस्टुरेन्ट, बार, जिम र ठूला कन्सर्टहरुलाई प्रवेश गर्न अनुमति दिईएको छ । खोप नलगाएकाहरुलाई प्रवेशमा बन्देज लगाइएको छ ।

सम्बन्धित खबरहरु